काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेट गरेका छन् । सभामुख अर्यालले बिहीबार राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा सभामुख अर्यालले मुलुकको समसामयिक राजनीतिक परिस्थिति तथा संघीय संसद्का गतिविधिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
भेटमा संसदीय कामकारबाही र समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको जनाइएको छ ।