मन्दिर उद्घाटन गर्न स्याङ्जा जाँदै कांग्रेस सभापति थापा, कार्यकर्तालाई पनि सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज स्याङ्जा जाने भएका छन् । बिरुवा गाउँपालिका–७, गहतेमा नवनिर्मित मनकामना मन्दिर उद्घाटन गर्न स्याङ्जा जान लागेका थापाले जिल्ला पार्टी कार्यालयमा नेता–कार्यकर्तालाई समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

थापाको भ्रमणका क्रममा धार्मिक कार्यक्रमसँगै पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र संवाद पनि हुनेछ । उनले नेपाली कांग्रेस स्याङ्जाको जिल्ला पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का सभापति डोलराज पोखरेलका अनुसार थापाले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नेछन् । 

Share News