काठमाडौं । बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरू सार्वजनिक भएका छन् ।सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू :
१.सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने ।
२.समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा ऐडराज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने ।
३.प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् छैटौं संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने ।
४.तल देहाय बमोजिमका विधेयकहरूलाई संघीय संसद्मा पेश गर्नका लागि स्वीकृति दिने
–संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक ।
–खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।
–संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
–राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक ।
–मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक ।
–बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक ।
–आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
–मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक ।
–कर्मचारी संशोधन ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।