४ लघु बीमाको व्यापार १ अर्बमाथि, सबैभन्दा धेरै प्रोटेक्टिभको

काठमाडौं । लघु निर्जीवन बीमकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ३१ करोड रुपैयाँ बढीको व्यापार भित्र्याउन सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणले बुधबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा ४ वटा लघु निर्जीवन बीमकले ५ लाख ९७२ बीमालेख जारी गरेर १ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

एक वर्षको अवधिमा सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीले एक वर्षमा १ लाख ४३ हजार ६८१ वटा बीमालेख जारी ३७ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

अघिल्लो आवमा  कम्पनीले २४ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ५०.४६ प्रतिशतले वृद्धि भएको छ ।

एक वर्षको अवधिमा दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ ।  कम्पनीले १ लाख २० हजार २१३ वटा बीमालेख जारी गर्दै ३२ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

अघिल्लो आवमा कम्पनीले २६ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ३९.९० प्रतिशतले बढेको छ ।

यसैगरी, स्टार माइक्रो इन्स्योरेन्सले एक वर्षमा १ लाख ३९ हजार ७१ वटा बीमालेख जारी गर्दै ३१ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

कम्पनीले अघिल्लो आवमा २२ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ४०.३४ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९८ हजार ७ वटा बीमालेख जारी गर्दै ३० करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

अघिल्लो आवमा सो कम्पनीले २१ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको व्यापार ४०.३४ प्रतिशतले वृद्धि भएको छ । 

null

Share News