राष्ट्रपतिसँग रविको भेटवार्ता, सर्वदलीय बैठकबारे ब्रिफिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा लामिछानेले सुनसरी घटनापछि विकसित परिस्थितिबारे दलहरूबीच साझा धारणा बनाउन आफूले बोलाएको सर्वदलीय बैठकका निष्कर्ष राष्ट्रपतिलाई अवगत गराएको लामिछानेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक अवस्था, शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा कानुनी शासन कायम राख्न राजनीतिक दलहरूको भूमिकाबारे पनि छलफल भएको थियो । 

सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा राष्ट्रिय सहमति र संयम आवश्यक रहेको भन्दै रास्वपाले बुधबार सर्वदलीय बैठक आयोजना गरेको थियो । 

उक्त बैठकमा सहभागी दलहरूले शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रपतिसँग भेटवार्ताका क्रममा सभापति लामिछानेले राष्ट्रपति कार्यालयको सरकारी संयन्त्रसँग समन्वय नगरेको पाइएको छ । बैठकबारे राष्ट्रपति कार्यालयका प्रवक्तासमेत अनभिज्ञ रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न

सुनसरी घटनामा ९ दल एकै ठाउँ, यस्तो छ सर्वदलीय बैठकको ७ बुँदे अपील

Share News