काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको समितिलाई मान्यता नदिन भन्दै सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनवरालोकनको निवेदन परेको छ ।
शेरबहादुर देउवाको वारिस नामसहितको निवेदन यसअघि सर्वोच्च अदालतले गरेको निर्णयलाई पुनरावलोकनका लागि निवेदन परेको हो ।
बुधबार पुनरावलोकनको निवेदन सर्वोच्च अदालतमा दर्ता भएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार पुनरावलोकन निवेदन पेस भएको र अध्ययनपछि दर्ता भएको हो ।
पेशी कहिले हुन्छ भन्ने यकिन नभएको तर यसको प्रक्रिया लामो हुने कोइरालाले बताए ।
वैशाख ४ गते सर्वोच्चले थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला गरेको थियो ।
अदालतको निर्णय त्रुटिपूर्ण भएको दाबी गर्दै शेरबहादुर देउवा पक्षले पुनरावलोकन निवेदन दिएको हो ।