काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
क्रममा भएको मण्डलको आज बिहान २ः४० बजे निधन भएको हो ।
उनको निधनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै थापाले घटनालाई अत्यन्त दुःखद र मर्माहत बनाउने भएको बताएका छन् ।
थापाले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै यस कठिन घडीमा आफू परिवारसँगै रहेको उल्लेख गरेका छन् । साथै मण्डलका सन्तानको शिक्षा–दीक्षाको जिम्मेवारीमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
‘स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
थापाले मण्डलको निधनलाई परिवारका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै शोकको यस घडीमा परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन् ।
मण्डलले आत्मदाहको प्रयास गरेपछि उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो ।