काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १९ अंकले घटेर २६०१ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३६१ कम्पनीको ८७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंकको ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै १०.७५ प्रतिशत एसबीएल डिभेन्चरको २८ करोड र ८.५ प्रतिशत बुक डिभेन्चरको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज उपकार लघुवित्तको सेयर मूल्य १२.६८ र स्नो रिभर्सको सेयर मूल्य ११.७६ प्रतिशतले घटेको छ ।