काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २४ अंकले घटेर २६०८ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
मंगलबार ३६५ कम्पनीको ८७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सिद्धार्थ बैंकको भएको छ । सिद्धार्थको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै टक्सार पिखुवाको ११ करोड, आँखु खोलाको ९ करोड ८९ लाख, एनआरएन इन्फ्राइस्ट्रक्चरको ९ करोड ६१ लाख र याम्बलिङ हाइड्रोको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज स्नो रिभरकाे सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।