काठमाडौं । विश्व फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको अवसर पारेर डीजीओ र हिमालयन स्पोर्ट्सले फिफा विश्वकप २०२६ हेर्ने दर्शकलाई लक्षित गर्दै आकर्षक उपहार योजना सार्वजनिक गरेका छन् ।
कम्पनीले ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान घोषणा गर्दै आधिकारिक माध्यमबाट विश्वकप हेर्ने ग्राहकलाई विभिन्न पुरस्कार प्रदान गर्ने जनाएको छ । अभियानअन्तर्गत डीजीओ एपमार्फत सिजन पास वा मोबाइल पास खरिद गर्ने ग्राहकले मेस्सीद्वारा हस्ताक्षरित अर्जेन्टिनाको आधिकारिक जर्सी जित्ने अवसर पाउनेछन् ।
डीजीओका अनुसार सिजन पास खरिदकर्ताका लागि मेस्सीको हस्ताक्षरित जर्सीसँगै क्रिस्टियानो रोनाल्डोद्वारा हस्ताक्षरित पोर्चुगलको जर्सी, नेयमारद्वारा हस्ताक्षरित ब्राजिलको जर्सी, भियतनाम भ्रमण प्याकेज, ५५ इन्च स्मार्ट टिभी तथा मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाइको व्यवस्था गरिएको छ ।
यस्तै मोबाइल पास खरिद गर्ने ग्राहकले भियतनाम भ्रमण प्याकेज, ५५ इन्च र ४३ इन्च स्मार्ट टिभी तथा स्मार्टफोन जित्न सक्ने कम्पनीले जनाएको छ ।
अभियानमा सहभागी हुन ग्राहकले डीजीओ एप डाउनलोड गरी दर्ता गर्नुपर्ने, एपमार्फत सिजन पास वा मोबाइल पास खरिद गर्नुपर्ने तथा कम्पनीका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेज फलो गर्नुपर्नेछ ।
कम्पनीका अनुसार अभियान जुन २१ देखि जुलाई १५ सम्म सञ्चालन हुनेछ। नेपालभित्रका सक्रिय डीजीओ प्रयोगकर्तामात्र यसमा सहभागी हुन पाउनेछन् । विजेताको छनोट निष्पक्ष रूपमा गरिने र पुरस्कार नगद वा अन्य वस्तुसँग साट्न नपाइने कम्पनीले जनाएको छ ।