काठमाडौं । साताको चौंथो कारोबार दिन बिहीबार (आज) सेयर बजारमा साढे ८ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक उक्त गिरावटपछि २६५१.५२ विन्दुमा छ ।
आज २ अर्ब ८३ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आज ८३ वटा सेयरको मूल्य बढ्दा १७२ वटाको घटेको र १९ वटाको स्थिर रहेको छ ।
टक्सार पिठुवा खोला हाइड्रोपावर १४.९९ प्रतिशत, याम्बलिङ हाइड्रोपावर १४.९९ प्रतिशत र कालिका लघुवित्त १२.८४ ले बढेका छन् । अन्य सेयर अधिकतम ५.१६ प्रतिशतसम्म बढेको नेप्सेले जनाएको छ ।
भुजुङ हाइड्रो ११.०३ प्रतिशत घटेको छ । यसबाहेक अधिकतम ८.९७ प्रतिशतसम्मले सेयरहरु ओरालो लागेको नेप्सेले जनाएको छ ।
कारोबारमा भने १२ करोड ७७ लाखसहित सोपान फरम्यास्युटिकल्स अगाडि छ ।
समूहगत सूचकतर्फ म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूह ०.१४ प्रतिशतले बढेको छ । बाँकी १२ समूह घटेको छ ।