काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले घटेर २६७४ बिन्दुमा झरको छ ।
नेप्सेका अनुसार २२ कम्पनीको सेयर मूल्य बढ्दा २३९ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
मंगलबार ३५३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखुको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै सोपन फर्माको १८ करोड, रिलाइन्स स्पिीनिङको १७ करोड २४ लाख, एनआरएन इन्फाइस्ट्रक्चरको १७ करोड २३ लाख र बुंगल हाइड्रोको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार टक्सार पिखुवा र यम्बलिङ हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुंगल हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।