पैचोको नेसनल सेल्स समिट सम्पन्न, स्वदेशी उत्पादन प्रवर्धनमा जोड

काठमाडौं । पैचो पसल प्रालिले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स समिट २०८३ तथा डिलर मिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने रहर’ नारालाई आत्मसाथ गर्र्र्दै आएको कम्पनीले नेपालको उत्पादनलाई प्रवर्धन र स्वदेशी कच्चा पदार्थबाट बनेका उत्पादनलाई राज्यले समेत प्राथामिकता दिनु पर्ने आवश्यकता औल्याइएको थियो । 

पैचो पसल प्रालिका प्रवन्ध निर्देशक धुब्रराज न्यौपानले स्वदेशी उत्पादन प्रति उपभोक्ताको रोजाई बढ् गएको भन्दै प्रतिस्पर्धी बजारमा पैचोले फरक र मौलिक स्वाद दिदाँ उपभोक्ताले पैचोका उत्पादन मन पराइरहेको बताए । उनले भने ‘कृषि सम्बधी उद्योगमा लगानी निकै कम छ । 

कृषि क्षेत्रको विकासको लागि स्वदेशी उत्पादनको बजारीकरणको आवश्यकता छ । पछिल्लो समय नेपाली उत्पादन स्वदेश तथा विदेशका विभिन्न स्थानमा पुगिरहेको अवस्थामा नेपालको मार्केट समेत बिस्तार भइरहेको छ । अब राज्यले लगानी प्रवर्धनको लागि वातावरण बनाउनु पर्छ ।’

पैचो पसल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशवराज न्यौपानले पछिल्लो समय नेपाली उत्पादनले बिदेशी उत्पादनसंग प्रतिप्रर्धा गर्न सक्षम भएको बताए । उनले भने, राज्यले अझै पनि कृषि उद्योगलाई प्राथामिकता दिन नसक्दा अर्बाैको कृषि उत्पादन आयात भइरहेको छ । 

त्यसलाई रोक्न र ग्रामिण अर्थतन्त्रलाई अगाडी बढाउनका लागि पैचोले गाँउमै उद्योग खोलेर बजार बिस्तार गरिरहेको बताए ।  पैचो पसल प्रालिका बजार बिभाग प्रमुख लक्ष्मण गैरले भने ‘नेसनल सेल्स समिट तथा डिलर मिटले नेटवर्क र ग्राहकहरूसँगको सम्बन्ध अझ सुदृढ बनाएर अगाडी बढाउने छ । 

बजारमा प्रतिपर्धी बन्न टिमको आवश्यकता रहेको भन्दै बलियो टिमको साथमा पैचोले काम गरिरहेको छ  ।’

स्वदेश तथा बिदेशमा रहेका उपभोक्तालाई सहज रुपमा पैचोका गुणस्तरिय उत्पादनलाई पु¥याउने काम मार्केटिङ बिभागले गरिरहेको उनले बताए । 

कार्यक्रममा पैचो पसल प्रा.लि.को बजार विभागमा कार्यरत कर्मचारी मध्ये उत्कृष्ट कार्यसम्पादनको आधारमा ‘उत्कृष्ट कर्मचारी सम्मान-२०८२’ द्वारा रिजलन म्यानेजर तर्फबाट संगम पोखरेल, ‘उत्कृष्ट सेल्स सुपरभाइजर सम्मान-२०८२’ हरिहर खड्कालाई सम्मानित गरिएको थियो । यस्तै ‘उत्कृष्ठ डिएसआर सम्मान-२०८२’ मा रञ्जिता राउत, बिक्रम भण्डारी र रञ्जिता बस्याल पुरस्कृत भए । 

डिलरहरूले पैचोसंग जोडिएर काम गर्दा अपनत्व महसुस भएको बताएका थिए । उनीहरुले आफ्नो व्यावसायिक अनुभव, कम्पनीले गर्नु पर्ने रणनीति र अवसरहरूबारे छलफल गरेका थिए । 

पैचोले ग्रामिण कृषकले उत्पादन गर्ने कृषिउपजबाट टमाटो केचअप, जाम, विभिन्न प्रकारको अचार, चुक तथा छोप, आँटो, कोदोको पिठो, सिन्की, महलगायत सय भन्दाबढी वस्तु उत्पादन गर्दै आएको छ ।

Share News