काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई लक्षित गर्दै पोखरास्थित फिस्टेल लज र चितवनको जगतपुर लजमा विभिन्न सेवामा छुट सुविधा उपलब्ध गराउने भएको छ ।
यसका लागि बैंक र अन्नपूर्ण ग्रुप अफ होटल्सअन्तर्गत सञ्चालित उक्त दुई लजबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतापछि बैंकका ग्राहकहरूले फिस्टेल लज (लेकसाइड, पोखरा) र जगतपुर लज (चितवन) मा सेवा लिँदा विशेष छुट पाउनेछन् ।
समझदारीअनुसार ग्राहकहरूले खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन् भने आवासीय सेवामा कर्पोरेट दर लागू हुनेछ ।
यस सुविधा लिन ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई सहुलियत प्रदान गर्नुका साथै डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन गर्दै नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।