एनआईसी एशिया बैंकद्वारा श्री बिन्देश्वरी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत चितवनको रत्ननगरस्थित श्री बिन्देश्वरी आधारभूत विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ ।

सीमान्तकृत, न्यून आय भएका तथा पिछडिएका वर्गका विद्यार्थीलाई प्राथमिकतामा राखेर सञ्चालन भइरहेको उक्त विद्यालयमा हाल १२६ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । साथै, चेपाङ समुदायका ८५ भन्दा बढी विद्यार्थीलाई आवासीय सुविधा सहित अध्ययनको व्यवस्था मिलाइएको छ ।

विद्यार्थीको पठनपाठनलाई सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यसहित बैंकका नारायणगढ सर्कल प्रमुख रामकृष्ण काफ्लेले विद्यालयका प्रधानाध्यापक हरि प्रसाद खनाललाई एक कार्यक्रमका बीच शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । सो कार्यक्रम २०८३ असार १ गते सम्पन्न भएको हो ।

कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. १५ का अध्यक्ष आशिक तामाङ, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले गरेको यस सहयोगले विद्यार्थीहरूको पठनपाठन थप सहज हुने तथा विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा टेवा पुग्ने विश्वास लिएको छ ।

Share News