काठमाडौं । एनआईसी एशिया बैंकले पर्वतको देउपुरस्थित देउपुर स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य उपकरण तथा सामग्री सहयोग उपलब्ध गराएको छ ।
स्थानीयस्तरमा बिरामी तथा सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको उक्त स्वास्थ्य चौकीको सेवा अझ प्रभावकारी र सहज बनाउने उद्देश्यले बैंकले ह्वीलचियर, डस्बिन, फुट स्टेप, कुर्ची, स्युचर सेट लगायतका आवश्यक सामग्री हस्तान्तरण गरेको जनाएको छ ।
उक्त सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका चिफ मार्केटिङ अफिसर दिपेन्द्र शर्मा र पोखरा सर्कल हेड स्वेता शेरचनले मोदी गाउँपालिका वडा नं. २ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कार्की क्षेत्री र स्वास्थ्य चौकी प्रमुख रुपेश कुमार कुशवाहालाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रम २०८३ साल ज्येष्ठ २८ गते सम्पन्न भएको हो ।
कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारी, बैंकका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
बैंकले प्रदान गरेको सहयोगले स्वास्थ्य चौकीबाट प्रदान गरिँदै आएको सेवा अझ प्रभावकारी बन्ने र स्थानीय सेवाग्राहीलाई स्वास्थ्य सेवा लिन थप सहज हुने विश्वास बैंकले लिएको छ ।