काठमाडौं । शुक्रबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोपन फर्मास्युटिकल्स र एपोलो हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ ।
आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले घटेर २७२४ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ९२ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
शुक्रबार ३४२ कम्पनीको ९८ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सेन्ट्रल फाइनान्सको भएको छ । सेन्ट्रलको २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै सिटी होटलको २४ करोड, आँखु खोलाको २२ करोड, हिमाल दोलखा हाइड्रोको १३ करोड र रिलाइन्स स्पिीनिङ मिल्सको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।