निजीलाई विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा प्रवेश गराउन प्राधिकरण सकारात्मक छ :  श्रेष्ठ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा आफू सकारात्मक रहेको बताएका छन् ।

इप्पानको २६ ‌औं साधारण सभा तथा ८ ‌औं अधिवेशनमा शुभकामना मन्तव्य दिँदै श्रेष्ठले यस्तो बताएका हुन् ।

‘उत्पादनमा निजी क्षेत्रले पुराएको योगदान एकदमै सराहनीय छ । प्राइभेट सेक्टरलाई पावर ट्रेडिङमा र प्रसारण लाइन निर्माण प्रवेश गराउनु पर्नेमा म स्पष्ट छु । मन्त्रीज्यूलाई पनि निजी क्षेत्रलाई प्रवेश गराउनु पर्छ भन्दै आएको छु,’ उनले भने ।

१५ हजार मेगावाट निर्यात गर्ने सरकारको लक्ष्य पूरा गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने पनि उनले बताए ।

ऊर्जा विकासका लागि अघि बढेको निजी क्षेत्र वनका विभिन्न मुद्दाका कारण अल्झिनुपरेको भन्दै वनका समस्या समाधान गर्न ऊर्जामन्त्रीले पहल गरेर उनीहरूको हौसला बढाउनुपर्ने श्रेष्ठले बताए ।

Share News