एनआइसी एशिया बैंकद्वारा ग्राहकलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह

काठमाडौं । एनआइसी एशिया बैंकले ग्राहकहरुलाई खातासँग सम्बन्धित स्थायी लेखा नम्बर (प्यान) तथा इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले जारी गरेको सूचनाअनुसार करसम्बन्धी विवरणलाई व्यवस्थित र सहज बनाउन प्यान अद्यावधिक आवश्यक रहेको जनाएको हो ।

बैंकका अनुसार ग्राहकहरूले आफ्नो प्यान विवरण बैंकको आधिकारिक पोर्टल तथा मोबाइल बैंकिङ एप (एनआइसी एशिया मोब्याङ्क) मार्फत सजिलै अद्यावधिक गर्न सक्नेछन् । साथै, नजिकैको शाखा कार्यालयबाट पनि आवश्यक प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ ।

प्यान अद्यावधिक नगरेको अवस्थामा इ–टिडिएस प्रणालीमा ब्याज करसम्बन्धी विवरण समावेश नहुने र पछि कर मिलानमा समस्या आउन सक्ने बैंकले जनाएको छ । यस्तो अवस्थाबाट हुने असहजताप्रति बैंक जिम्मेवार नहुने स्पष्ट पारिएको छ ।

यसैगरी, ग्राहकहरुलाई आफ्नो इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरिएको छ । भिडियो केवाईसी सेवा वा मोबाइल एपको ‘माई प्रोफाइल’ सेक्सनमार्फत इमेल परिवर्तन गर्न सकिने बैंकले जानकारी दिएको छ ।

ग्राहक सेवा थप प्रभावकारी बनाउन यस्तो पहल गरिएको बैंकको भनाइ छ ।

Share News