काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रूपमा अफबाह फैलाइएको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा बजेटबारे आयोजित छलफलका क्रममा बोल्दै उनले प्रतिनिधि सभामा बजेट छलफल अवरुद्ध गरेर आफ्नो विरुद्धमा अफबाह फैलाइएको बताए ।
‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रूपमा अफबाह फैलाइएको छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएको हुँ ।’