एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।

बैंकको २८औं वार्षिक साधारण सभा जेठ १८ ले संस्थापक सेयरधनीको तर्फबाट उनलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेपछि समितिले आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

अग्रवालसँग बैंक तथा वित्तीय क्षेत्र, बीमा र कर्पोरेट क्षेत्रमा लामो अनुभव रहेको छ । उनले विभिन्न संस्थामा सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा योगदान पुर्याएका छन् ।  

 

Share News