काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई आजीवन स्वास्थ्य उपचार सुविधा प्रदान गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न र राष्ट्रिय गौरव बढाउने खेलाडीहरूको सम्मानस्वरूप यो व्यवस्था गरिएको बताए ।
सरकारका अनुसार ओलम्पिक, एसियाली खेलकुद तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाएका खेलाडीहरूलाई दीर्घकालीन स्वास्थ्य सुरक्षा उपलब्ध गराइनेछ।
यो कार्यक्रममार्फत खेलाडीहरूको चोटपटक उपचार, नियमित स्वास्थ्य परीक्षण र आवश्यक औषधोपचारमा सहुलियत तथा निःशुल्क सेवा उपलब्ध गराइनेछ।
सरकारले खेलकुद पूर्वाधार विकास, प्रशिक्षण कार्यक्रम विस्तार र युवा प्रतिभा पहिचानलाई पनि बजेटमा प्राथमिकता दिएको जनाएको छ।