काठमाडौं । नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी ५ मा विजयी हासिल गरेका छन् ।
चीनको मकाउमा भएको प्रतिस्पर्धामा उनले फिलिपिन्सका विपक्षी फाइटर किम्बर्ट अलिन्टोजोन दोस्रो राउन्डमै पराजित गरेका हुन् ।
ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा उनले विपक्षीलाई नकआउट गरेका हुन् । यससँगै ढाँटले सेमिफाइनल यात्रा तय गरे ।
पहिलो राउन्डमा फिलिपिनी फाइटर अलिन्टोजोन हावी भए पनि दोस्रो राउन्डमा ढाँट शक्तिशाली देखिए ।