काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म सरकारको कुल ऋण तथा सेयर लगानी १५.९ प्रतिशतले सङ्कुचन भई ११ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार यस अवधिमा सेयर तथा ऋण लगानीको सावाँ फिर्ताबापत सरकारले ९७ करोड रुपैयाँ प्राप्त गरेको छ ।
यस अवधिमा खुद ऋण तथा सेयर लगानी १७.३ प्रतिशतले घटेर १० अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।