बोटलर्स नेपालको नाफामा उछाल, तराईको २४३ र बालाजुको १ हजार २७६ प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा बोटलर्स नेपाल समूहका दुवै कम्पनी– बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले उल्लेख्य नाफा आर्जन गरेका छन् । 

बोटलर्स नेपाल (तराई) को चालु आवको तेस्रो त्रैमासमा खुद नाफा २४३ प्रतिशत बढेर २७ करोड ७० लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चालु आवको ९ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ५५ करोड ८० लाख ८७ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ३६ लाख ६० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १ अर्ब ५५ करोड ४७ लाख ७९ हजार रुपैयाँ, अन्य सञ्चालन आम्दानी ७ करोड २ लाख ३५ हजार रुपैयाँ, सञ्चालन नाफा ३९ करोड ९९ लाख ६६ हजार रुपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब २२ करोड २३ लाख ७७ हजार रुपैयाँ कुल नाफा, ५ करोड ३६ लाख ८१ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी र २४ करोठ ७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 

चालु आवको चैतमा कम्पनीको कस्ट अफ सेल्स ४ अर्ब ३३ लाख ८ हजार रुपैयाँ, बिक्री तथा वितरण खर्च ९७ करोड ७४ लाख ९८ हजार रुपैयाँ, प्रशासनिक तथा सञ्चालन खर्च २४ करोड ७५ लाख ५० हजार रुपैयाँ र वित्त लागत १० करोड ९६ लाख ६९ हजार रुपैयाँ रहेको छ । 

१२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ३ अर्ब ६७ करोड ५८ लाख ४ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ३०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार १३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९ गुणा रहेको छ । 

बोटलर्स नेपाल (बालाजु) को चालु आवको तेस्रो त्रैमासमा खुद नाफा १ हजार २७६ प्रतिशत बढेर २१ करोड ९९ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चालु आवको ९ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७ अर्ब ६५ करोड ४१ लाख २२ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ७ करोड ४४ लाख ३४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीको कुल नाफा २ अर्ब १३ करोड ६५ लाख ९३ हजार रुपैयाँ, अन्य सञ्चालन आम्दानी ६ करोड ६३ लाख ८२ हजार रुपैयाँ र सञ्चालन नाफा ३९ करोड ६५ लाख ७० हजार रुपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ८२ करोड ३२ लाख ४० हजार रुपैयाँ कुल नाफा, २ करोड ५० लाख ८३ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी र २३ करोड २१ लाख ३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 

चालु आवको चैतमा कम्पनीको कस्ट अफ सेल्स ५ अर्ब ५१ करोड ७५ लाख २९ हजार रुपैयाँ, बिक्री तथा वितरण खर्च १ अर्ब ३१ करोड ३२ लाख ४७ हजार रुपैयाँ, प्रशासनिक तथा सञ्चालन खर्च ४९ करोड ३१ लाख ५८ हजार रुपैयाँ र वित्त लागत १२ करोड २१ लाख ८२ हजा रुपैयाँ रहेको छ । 

१९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ५ अर्ब ८७ करोड ६७ लाख ८४ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १३३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार २९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११७ गुणा रहेको छ । 

Share News