कारमा ढुंगा खस्दा आगलागी

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकामा गुडिरहेको एक कारमा सडक माथिबाट ढुंगा खस्दा आगलागी भएको छ ।

बिहीबार दिउँसो मुग्लिङ–नारायणगढ सडकखण्डको तुइनखोला नजिकै उक्त दुर्घटना भएको हो।

चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रवीन्द्र खनालले सार इलाका प्रहरी कार्यालय, मुग्लिनबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर प्रहरी टोलीले समयमै पुगेर कारमा लागेको आगो नियन्त्रणमा लिएको बताए ।

प्रहरीको शीघ्र सक्रियताका कारण ठूलो मानवीय र भौतिक क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

उक्त सडक खण्डमा सवारी आवागमन सामान्य रहेको र घटनाका बारेमा थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Share News