स्वास्थ्य मन्त्रालयले गर्यो ९२ गाडी फिर्ता

काठमाडौं । प्रधानमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालय र अन्तर्गत कार्यालयका कर्मचारीले  प्रयोग गरिरहेका ९२ वटा गाडी फिर्ता ल्याएको छ । 

सवारीसाधन उपलब्ध गराउनुपर्ने पदाधिकारीभन्दा तल्लो तहका कर्मचारी र पदाधिकारीहरूले एकल रूपमा प्रयोग गरिरहेको भन्दै प्रधानमन्त्री कार्यालयले गाडी फिर्ता मागेको हो । 

सरकारी प्लेट नम्बर भएका गाडी प्रयोग गर्नुपर्ने भन्दा तल्लो तहका पदाधिकारीले मनलाग्दी रुपमा प्रयोग गरिरहेको भन्दै तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

विभिन्न मन्त्रालय र कार्यालयलाई गाडी फिर्ता गर्न सूचना जारी गरेको प्रधानमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालयबाट ९२ गाडी फिर्ता ल्याएको हो ।

Share News