काठमाडौं । सानिमा क्यापिटलले सानिमा इक्विटी फन्ड २ को इकाइ बिक्री खुलाएको छ । क्यापिटलले बिहीबार (आज)देखि इकाइ बिक्री खुलाएको हो ।
यो सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी योजना हो।
प्रतिइकाइ १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ बिक्रीमा राखिएको छ ।
निष्कासन गरिने कुल इकाइमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री संख्याको न्यूनतम १३ प्रतिशत इकाइ कोष प्रवर्द्धक सानिमा बैंक र २० लाख इकाइ योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ ।
बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । यसमा आवेदन दिँदा न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म माग गर्न सकिन्छ ।
यस फण्डको इकाईमा बैशाख २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिभित्र पूर्ण आवेदन नपरेमा जेठ ७ गतेसम्म आवेदन दिन पाइने सानिमा क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ । त्यसैगरी, अधिकतम १ करोड इकाइका लागि आवेदन दिन सकिने जनाइएकाे छ ।