१०४ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा समान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.६४ अंकले घटेर २७११ बिन्दुमा झरेको हो ।

नेप्सेका अनुसार १०४ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बुधबार ३३६ कम्पनीको ७१ लाख कम्पनीको ३ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोको भएको छ । सोलुको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, रिलाइन्स स्पिीनिङ मिल्सको १६ करोड, नेसनल हाइड्रोको १४ करोड, न्यादी गुप्रको १२ करोड र अप्पर लोहर खोलाको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   

Share News