महासंघको एसोसिएट सदस्यमा राजेश अग्रवाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को केन्द्रीय सदस्यमा राजेश अग्रवाल विजयी भएका छन् ।

महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा उनले एसोसिएटतर्फ १ हजार ८२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उद्योगी अग्रवाल भैरहवा-बुटवल क्षेत्रबाट उदाएका राष्ट्रियस्तरका व्यवसायी हुन् । काठमाडौं उपत्यका बाहिरबाट ठूला उद्योग सञ्चालन गर्दै राजधानीमा समेत बलियो उपस्थिति जनाउन सफल उद्यमीका रूपमा उनी परिचित छन् ।

उनी एसोसिएटतर्फ उपाध्यक्ष पदका उम्मेदवार प्रबलजंग पाण्डेको टिमबाट उम्मेदवार बनेका थिए ।

नेपालको उद्योग क्षेत्रमा सक्रिय अग्रवालका अर्घाखाँची सिमेन्ट, श्री स्टिल, एशियन कंक्रिटो र मिलानो जुत्ता-चप्पललगायतका उद्योग सञ्चालनमा छन्। साथै, उनले तेज ब्रान्डको तोरीको तेल, नमस्ते ब्रान्डको भटमासको तेल, सनफ्लावर तेल र पाम आयल उत्पादनमा समेत लगानी गरेका छन् ।

त्यस्तै, मिनरल वाटर उत्पादन तथा औद्योगिक प्याकेजिङ सामग्री निर्माणमा पनि उनी संलग्न छन् ।

यसअघि उनी महासंघअन्तर्गतको उद्योग समितिको सभापतिको भूमिकामा थिए । 

यो पनि हेर्नुहोस्ः  ‘उद्योगहरू पूर्ण क्षमतामा चल्न सकिरहेका छैनन्’ 

Share News