निजी क्षेत्रको ‘कन्फिडेन्स’ बढाउने रास्वपाको प्रयत्न, रविले गरे छलफल

काठमाडौं । पछिल्लो समय सिर्जना भएको व्यावसायिक अन्यौलता र धरपकडका घटनाहरूका कारण त्रसित बनेको निजी क्षेत्रको आत्मविश्वास बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रसरता लिएको छ । 

देशको खस्कँदो आर्थिक अवस्था र निजी क्षेत्रमा छाएको निराशालाई चिर्न रास्वपाले उद्योगी तथा व्यवसायीहरूसँग वृहत् छलफल आयोजना गरेको हो ।

होटल हिमालयमा आइतबार आयोजित उक्त विशेष छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ  र नेपाल चेम्बर अफ कमर्समा आबद्ध वरिष्ठ उद्योगी तथा व्यवसायीहरूको उपस्थिति रहेको छ ।

null

रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा छलफल भइरहेको हो ।

देशमा विद्यमान आर्थिक मन्दी र यसले लगानीको वातावरणमा पारेको नकारात्मक प्रभाव, वर्तमान संकटबाट अर्थतन्त्रलाई कसरी उकास्ने र निजी क्षेत्रलाई कसरी अगाडि बढाउने भन्नेबारे ठोस उपायहरूको खोजीबारे छलफल भइरहेको स्रोतले जनायो ।

व्यवसायीहरूमा छाएको त्रास हटाएर सुरक्षित व्यावसायिक वातावरण निर्माण गर्न रास्वपाले व्यवसायीसँग छलफल गरेको हो ।

विगत केही समययता विभिन्न अनुसन्धान र छानबिनका क्रममा उद्योगी(व्यवसायीहरू पक्राउ पर्ने क्रम बढेसँगै निजी क्षेत्र सशंकित र त्रसित बनेको छ । धरपकडले व्यावसायिक वातावरण बिग्रिएको गुनासो व्यवसायीहरूको छ।

यही पृष्ठभूमिमा निजी क्षेत्रको मर्का बुझ्न, उनीहरूको समस्या संसद् र सरकारसम्म पुर्याउन तथा लगानीकर्ताको मनोबल उच्च राख्न रास्वपाले यो संवादको सुरुवात गरेको हो ।

null

Share News