अनामनगरको ८ तले घरमा चल्यो डोजर

काठमाडौं । अनामनगरको देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको ८ तले घरमा डोजर लागेको छ । सरकारी जग्गा अतिक्रमण गरी बनाएको भन्दै सरकारले उक्त घर भत्काउन लागेको हो । 

सुरक्षाकर्मीले घरबाट सामान निकालिसकेपछि घर भत्काउन थालिएको हो । अहिले उक्त क्षेत्रमा सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरी ठूलो मात्रामा परिचालन भएका छन् ।

यो घरमा, रेष्टुरेन्ट, बार, स्पालगायतका विभिन्न व्यवसाय सञ्चालनमा छन् ।

यो घर श्रम संस्कृति पार्टीका नेताको रहेको बुझिएको छ ।  

Share News