गल्फले निष्पक्षता र अनुशासनको पाठ सिकाउँछः कामु प्रधानन्यायाधीश मल्ल

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले गल्फ खेल केवल मनोरञ्जन मात्र नभई निष्पक्षता, अनुशासन र आत्मसंयमको महत्वपूर्ण पाठशाला भएको बताएकी छन् । 

बाह्रखरी मिडियाद्वारा आयोजित आर्थिक बहस तथा गल्फ प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले खेलमार्फत प्राप्त हुने इमानदारीलाई व्यावसायिक र सार्वजनिक जीवनमा पनि उतार्नुपर्नेमा जोड दिएकी हुन् । 

कामु प्रधानन्यायाधीश मल्लले यस कार्यक्रमलाई ‘आर्थिक समृद्धि’ र ‘स्वास्थ्यमार्फत प्राप्त हुने खुशी’ को अनुपम संगमका रूपमा चित्रण गरिन् । 

आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै उनले शुरुवाती दिनमा गल्फलाई कम शारीरिक अभ्यास हुने खेलका रूपमा बुझेको भएपनि पछि यसको गहिराइ बुझेको बताइन् । 

Share News