काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले बिहीबार (आज) बिहान बाँडफाँड गरेको हो ।
आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको हो ।
गोलाप्रथाबाट बाँडफाँड गर्दा ३ लाख ४७ हजार ४९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी सबै आवेदकको हात खाली भएको छ ।
कम्पनीले गत वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ७४ हजार ९०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
२७ लाख ६८ हजार ७४३ जनाको आवेदन परेकोमा २७ लाख ३० हजार ९८७ जनाको आवेदन मात्र स्वीकृत भएको छ ।