सानिमा क्यापिटलले वैशाख २४ गतेदेखि सानिमा इक्विटी फण्ड-२ बिक्री गर्ने

काठमाडौं । सानिमा क्यापिटलले वैशाख २४ गतेदेखि सानिमा इक्विटी फण्ड २ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गर्नेछ  । 

कम्पनीले कुल इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक सानिमा बैंक, २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने जनाएको छ ।

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो फण्ड एक बन्दमुखि योजना हो । यसको अवधि १० वर्ष रहेको छ ।

कम्पनीको म्युचुअल फण्डमा वैशाख २९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण आवेदन नपरे जेठ ७ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीको फण्डमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

Share News