काठमाडौं । स्कुटरमा चढेर बाटामा हिड्ने महिलाको सिक्री लुट्ने व्यक्ति पक्राउ परेका छन् । ललितपुरस्थित चिल्ड्रेनपार्क शंखमुल सडक खण्डमा पैदल यात्रा गर्ने महिलाको सुनको सिक्री लुटपाट गर्ने ३२ रिक्की डंगोल पक्राउ परेका छन् ।
गत सोमबार शंखमुलमा पैदलयात्रा गरिरहेकी महिलाको घाँटीमा लगाएको लकेटसहितको सुनको सिक्री लुटेर डंगोल फरार भएका थिए । सुनको सिक्री र लुटपाटमा प्रयोग भएको स्कुटर सहित पक्राउ उनलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको छ ।
डंगोल डाँका चोरी मुद्दामा समेत संलग्न रहेका थिए ।
उनको साथबाट बा ९० प ६२७८ नं. को एभीएटर स्कुटर २ लकेट सहितको २.७ तोलाको लुटपाट भएको सुनको सिक्री १ थानसहित उनी पक्राउ परेका हुन् ।