ठमेलबाट ५ सयको नक्कली नोटसहित २ जना पक्राउ

काठमाडौं । ठमेलबाट पाँच सय रुपैयाँको नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार सुर्यट हेरिटेज होटल नजकैबाट ३२ वर्षीय राम कुमार पाख्रिन र २४ वर्षीय शिव घिसिङलाई प्रकाउ गरेको हो । 

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले ५०० रुपैयाँ दरका २८ ओटा नक्कली नोट सहित नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार पाख्रिनको साथाबाट ५ सयको २७ थान र घिसिङको साथमा ५ सयको १ थान रहेको थियो ।

उनका अनुसार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

Share News