काठमाडौं । काठमाडौंमा १ सय ११ जना पुरुष महिलाका कारण पीडित भएका छन् । शुक्रबार काठमाडौं जिल्ला प्रहरी परिसरमा भएको पत्रकार सम्मेलनमा एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले विभिन्न घटनामा परेर महिलाद्वारा १ सय ११ जना पुरुष पीडित भएको उजुरी परेको जानकारी दिए ।
ठाडो निवेदन दिएर १३ जना पुरुष र २९१ जना महिला पीडित भएको उजुरी परेको उनले बताए ।
भट्टराईले घरेलु हिंसामा ९८ जना पुरुष र ६२१ जना महिला परेको जानकारी दिए ।
लैंगिक हिंसा नियन्त्रणका लागि प्रहरीले सक्रियता देखाएको बताउँदै उनले मनोसामाजिक परामर्श ९२० जनालाई प्रदान गरिएको जानकारी दिए ।
महिला, बालबालिका तथा पुरुषलाई विभिन्न १ सय ७९ र मानसिक रुपमा विक्षिप्त भएका विभिन्न २ सय २ जनालाई उपचार गर्न अस्पतालसमेत पठाइएको उनले बताए ।
त्यसैगरी, जेनजी प्रदर्शन हुँदा प्रहरी कार्यालयबाट लुटिएको १८१ थान हतियार प्रहरी काठमाडौंबाट बरामद गरेको छ । हतियार लुटमा संलग्न ५१ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको छ ।
भदौ २४ मा कारागारबाट भागेका १६२ जना कैदी र ९० जना थुनुवालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ । उनीहरूलाई सम्बन्धित कारागारमा पठाइएको एसपी भट्टराईले जानकारी दिए ।