सरकारले इजरायलसहित चार युद्धग्रस्त देशमा खुलायो श्रम स्वीकृति

काठमाडौं । सरकारले युद्धग्रस्त थप चार देशमा श्रम स्वीकृति खुलाएको छ । कुवेत, बहराइन, इजरायल र लेबनानका लागि रोकिएको श्रम स्वीकृति सुचारु गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

अमेरिका-इजरायल र इरान युद्धका कारण गत फागुन १७ गते सरकारले खाडीसहित एक दर्जन मुलुकमा श्रम स्वीकृति स्थगित गरेको थियो । 

यसभन्दा अगाडि सरकारले साउदी अरेबिया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा पुनःश्रम स्वीकृति सुरु गरेको थियो । 

Share News