कालिमाटी बजारमा सवारी प्रवेश शुल्क उठाउने ठेक्का स्वीकृत गर्ने तयारीकाठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कालिमाटी बजारभित्र प्रवेश गर्ने ढुवानी तथा सवारी साधनबाट शुल्क उठाउने भएको छ ।
समितिद्वारा ढुवानी तथा सवारी साधनबाट शुल्क उठाउने जिम्मा भ्याली युनिक निर्माण सेवा प्रालिलाई दिएको छ । भ्याली युनिकलाई मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक मासिक १३ लाख १४ हजार ७ सय रुपैयाँमा ठेक्का भाडामा दिएको समितिले जनाएको छ ।
समितिको चैत २५ गतेको कार्यकारी निर्देशकस्तरीय निर्णयअनुसार भ्याली युनिकलाई ठेक्का दिइएको हो । उक्त ठेक्का स्वीकृत भएपछि कालिमाटी बजारमा सवारी तथा ढुवानी साधन प्रवेश शुल्क संकलन कार्य सोही कम्पनीमार्फत सञ्चालन हुने छ।