वैदिक मन्त्रबाट बालेनको नयाँ वर्षको शुभकामना, भने- दुःख हटाएर सुख ल्याओस्

काठमाडौं । बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन् ।

नववर्षको शुभकामना सन्देश दिँदै उनले वैदिक मन्त्र ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्’ उद्धृत गर्दै सबैको जीवनमा सुख, आरोग्य र कल्याण फैलियोस् भन्ने कामना गरे ।

उनले नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा, शुभकार्य र प्रगतिका अवसर ल्याओस् भन्दै दुःख, पीडा र अवरोधहरू हट्दै जाओस् भन्ने अपेक्षा व्यक्त गरे ।

शाहले यस पावन अवसरले आपसी सद्भाव, सहयोग र एकताको भावना अझ मजबुत बनाउँदै देशलाई समृद्धितर्फ अघि बढाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

Share News