काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.९५ अंकले घटेर २६७६ बिन्दुमा झरेको छ ।
आज ४२ कम्पनीको मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घटेको छ ।
मंगलबार ३२० कम्पनीको १ करोड ६ लाख लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ६४ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४५ करोड, सीइडीबी होल्डीङसको २७ करोड, नेपाल रिइन्स्योरेन्सको २६ करोड र हिमालयन पावरको २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज गार्डियन माइक्रोलाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।