काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९.८२ अंकले बढेर २६९३ बिन्दुमा पुगेको छ ।
आज २२२ कम्पनीको मूल्य बढ्दा २२ कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ ।
आइतबार ३२३ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ४७ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३९ करोड, सीइडीबी होल्डीङसको २४ करोड र गार्डियन माइक्रोलाइफको १७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज जोशी हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ ।
आइतबार अधिकांश सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.८२, विकास बैंक ०.८२, फाइनान्स २.०१, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर १.५४, लगानी २.१८, जीवन बीमा ०.८५, उत्पादन तथा प्रशोधन ०.५८, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.७८, अन्य २.०८ प्रतिशतले बढेकाे छ । व्यापार सेक्टर भने ०.२६ प्रतिशतले घटेकाे छ ।