ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट

<p>काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओमा आवेदन मध्ये १ लाख ४७ हजार ६०० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आईपीओमा २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएकामा जनाको २ लाख ८ हजार २७८ आवेदन रद्द भएको [&hellip;]</p>

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओमा आवेदन मध्ये १ लाख ४७ हजार ६०० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

आईपीओमा २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएकामा जनाको २ लाख ८ हजार २७८ आवेदन रद्द भएको । आवेदन दिएका १८ लाख ४८ हजार २९८ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले फागुन २७ देखि चैत ३ सतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

आईपीओको नतिजा ओम मेगाश्री फर्मास्युटिकल्सको वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटबाट, सीडीएससीले आईपीओ हेर्न बनाएको वेबसाइट र मेरो सेयरबाट थाहा पाउन सकिने छ ।

Share News