काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४.६२ अंकले घटेर २६१४ बिन्दुमा झरेको छ ।
आज १३ कम्पनीको मूल्य बढ्दा २३० कम्पनीको मूल्य घटेको छ ।
आइतबार ३१७ कम्पनीको १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३५ करोड, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३४ करोड, युनाइटेड मोदी हाइड्रोको २० करोड र सिन्धु विकास बैंकको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज सबै सेक्टरका सूचक राताम्मे रहेका छन् । बैंकिङ १.४७, विकास बैंक २.४२, फाइनान्स २.९९, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.३३, लगानी २.०५, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४६, माइक्रोफाइनान्स २.३६, निर्जीवन बीमा २.०७, अन्य १.७४ र व्यापार २.८५ प्रतिशतले घटेकाे छ ।
आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशतले बढेकाे छ । मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहेकाे छ । आईसीएफसीडी ८८ को ३.८९, एनआईसीएडी ८२८३ को २ तथा एसबीडीबी ८७ को २ प्रतिशतले मूल्य बढकाे छ ।
साथै, मिथिला लघुवित्तको सेयर मूल्य १० प्रतिशत घटेकाे छ । सयपत्री हाइड्रोपावरको ७.३४, उपकार लघुवित्तको ६.८७, अपरसोलु हाइड्रोको ६.८३, भूगोल इनर्जीको ६.८३ प्रतिशतले मूल्य घटेकाे छ ।