सेयर बजारमा गिरावट कायमै, ४ अर्बमा झर्यो कारोबार

<p>काठमाडौं । साताको अन्तिम कारोबारको दिन अर्थात बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा झरेको छ । आज ६२ कम्पनीको मूल्य बढ्दा १७५ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३१२ कम्पनीको ९५ लाख कित्ता [&hellip;]</p>

काठमाडौं । साताको अन्तिम कारोबारको दिन अर्थात बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा झरेको छ ।

आज ६२ कम्पनीको मूल्य बढ्दा १७५ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

मंगलबार ३१२ कम्पनीको ९५ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, सिन्धु विकास बैंकको १६ करोड, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड र घलेम्दी हाइड्रोको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

काराेबारमा जीवन बीमा सेक्टर मात्रै बढेको छ । सो सेक्टर ०.०३ प्रतिशत बढेकाे छ ।

फाइनान्स सेक्टर सबैभन्दा धेरै १.३५ प्रतिशतले घटेकाे छ । बैंकिङ ०.३७, विकास बैंक ०.२०, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर ०.६४, लगानी ०.१०, उत्पादन ०.७१, माइक्रोफाइनान्स ०.५५, निर्जीवन बीमा ०.९६, अन्य ०.६१ तथा व्यापार सेक्टर ०.३२ प्रतिशतले घटेकाे छ ।

आज दोल्ती पावरको सेयर मूल्य सबैभन्दा धेरै ७.५ प्रतिशत बढेकाे छ । त्यस्तै एसियन हाइड्रोपावरको ५.४, सिन्धु विकास बैंकको ४.९, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.४ तथा स्वेतगंगा हाइड्रोपावरको ४.२ प्रतिशत बढेकाे छ ।

मिथिला लघुवित्त र भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

Share News