काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम मूल्य मानिने भएको छ । नेप्सेले चैत ७ गतेदेखि लागू हुने गरी कारोबार सत्रमा अपरान्ह २ बजेर ४५ बजेदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गर्ने जनाएको हो ।
यो व्यवस्था लागू भएसँगै नेप्सेले अन्तिम १५ मिनेटको कारोबारको भारित औसत मूल्यको आधारमा अन्तिम मूल्य तय हुनेछ । २ बजेर ४५ मिनेट देखि ३ बजेसम्म हुने कारोबार मूल्यहरूको भारित औसत मूल्य नै भोलिपल्टको पहिलो कारोबार मूल्य तय हुने छ । जसको २ प्रतिशत तल वा माथि लगानीकर्ताले आदेश दाखिला गर्न सक्ने छन् ।
‘नियमित कारोबार सत्रमा अपरान्ह २ बजेर ४५ बजेदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिनेछ । उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम हुनेछ,’ नेप्सेको पत्रमा उल्लेख छ ।