बढ्यो सेयर बजार, ४ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

<p>काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ११८ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिर्वतन आएको छैन । सोमबार [&hellip;]</p>

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज ११८ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिर्वतन आएको छैन ।

सोमबार ३११ कम्पनीको १ करोड ३६ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिभर फल्स पावरको भएको छ । रिभरको २४ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

हिमालयन पावर पाटनरको १८ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको १६ करोड, नेपाल रिइन्स्योरेन्स कम्पनीको १५ करोड र सिन्धु बिकास बैंकको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह ०.२०, विकास बैंक ०.६०, वित्त ०.५३, जलविद्युत् ०.०२ र लघुवित्त समूह ०.०४ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । होटल तथा पर्यटन ०.१२, लगानी ०.६०, जीवन बीमा ०.०४, उत्पादन तथा प्रशोधन १.६८, म्युचुअल फन्ड ०.०९, निर्जीवन बीमा ०.२३, व्यापार १.०६ र अन्य समूह २.१३ प्रतिशतले बढेको छ ।

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सबैभन्दा धेरै ९.०५ प्रतिशतको वृद्धि देखिएको छ ।

आज ४ वटा कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, सुपर मादी हाइड्रो, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र एनआइसी एसिया डिभेन्चरमा नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

Share News