दोहोरो अंकले बढ्यो नेप्से, बोटर्लस नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट

<p>काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२५ कम्पनीको [&hellip;]</p>

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज १७१ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आइतबार ३२५ कम्पनीको १ करोड २९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आजको कारोबारपछि बजारपुँजीकरण १४ खर्ब ३९ अर्ब ९८ करोड ९६ लाख ४७ हजार ९३२ रुपैयाँ पुगेको छ ।

जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, सुपरमादी हाइड्रोपावरको २४ करोड, सानिमा मिडल तमोर हाइड्रोपावरको १५ करोड, सिन्धु विकास बैंकको १४ करोड र पोखरा फाइनान्सको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज बोटर्लस नेपाल बालाजुको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.०९, साम्लिङ पावर कम्पनीको सेयर मूल्य ७.४६, नेपाल रिपब्लिक मिडिया लिमिटेडको सेयर मूल्य ७.३७ प्रतिशतले बढेको छ ।

सुपर मादी हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।  त्यसैगरी एनआइसी एसिया सेलेक्ट फण्ड ३० को सेयर मूल्य ६.९३ प्रतिशत, रिभर फल्स पावर लिमिटेडको ६.४५ प्रतिशतले घटेको छ ।

Share News