मर्जरमा जाने तयारीमा शृजनशील लघुवित्त, बोलायो वार्षिक साधारणसभा

<p>काठमाडौं । शृजनशील लघुवित्तले साधारणसभा बोलाएको छ । संस्थाले माघ २७ गतेका लागि सिराहाको गोलबजार स्थित पावन मिथिला होटेलमा साधारणसभा आह्वान गरेको हो । कम्पनीको साधारणसभामा मर्जरमा जाने विशेष प्रस्ताव पेश हुने उल्लेख छ । साधारणसभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज हुनेछ । सभामा पेश हुने प्रस्तावहरु १. संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत [&hellip;]</p>

काठमाडौं । शृजनशील लघुवित्तले साधारणसभा बोलाएको छ । संस्थाले माघ २७ गतेका लागि सिराहाको गोलबजार स्थित पावन मिथिला होटेलमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको साधारणसभामा मर्जरमा जाने विशेष प्रस्ताव पेश हुने उल्लेख छ । साधारणसभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज हुनेछ ।

सभामा पेश हुने प्रस्तावहरु

१. संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८० /०८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने सम्बन्धमा ।

२. लेखापरिक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात आव २०८०/०८१ नाफा नोक्सान हिसाव, सोहि अवधिको नगद प्रवाह विवरण एवम् सो सगँ सम्बन्धित अनुसूचीहरु पारित गर्ने सम्बन्धमा ।

३. बैक तथा बित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ दफा ११ अनुसार वित्तीय संस्थाको आ।व।०७१र०८२ को लागि लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४. कुनै पनि लघुवित्त वित्तीय संस्थासंग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती र समाहित हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ती तथा दायित्वको मुल्याकन गर्न परामर्शदाता, मुल्याकनकर्ता, लेखा परिक्षक तथा निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरुसंग सम्बन्धित आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितीलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

Share News